बाढीपहिरो प्रभावित स्थानीय तहलाई ५० लाखदेखि १ करोडसम्म राहत

नेपालभ्युज

बाढीपहिरो प्रभावित स्थानीय तहलाई ५० लाखदेखि १ करोडसम्म राहत

काठमाडौं । बाढी, पहिरो र डुवानपछि संकटग्रस्त क्षेत्र घोषणा गरिएका स्थानीय तहलाई संघीय सरकारले ५० लाखदेखि १ करोड रुपैयाँसम्म राहत रकम दिने भएको छ ।

बिहीबार बसेको राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको बैठकले १२ असोजको बाढीपहिरोपछि संकटग्रस्त क्षेत्र घोषणा स्थानीय तहलाई राहत दिने निर्णय गरेको हो ।

बैठकले  २० जिल्लाका ७१ स्थानीय तहलाई ३ समूहमा बर्गीकरण गरी राहत रकम  दिने प्राधिकरणका सहसचिव बसन्त अधिकारीले जानकारी दिए ।

उनका अनुसार पहिलो समूहमा रहेका ९ स्थानीय तहले  १ करोड, दोस्रो समूहमा रहेका १२ स्थानीय तहले ७५ लाख र तेस्रो समूहमा रहेका ५० स्थानीय तहले ५० लाख रुपैयाँ पाउने भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved