बीपी राजमार्गमा सवारी चाप बढ्यो, यात्रा कष्टकर (भिडिओ)

बाढीपहिरोका कारण ठाँउक्षतिग्रस्त रहेको राजमार्गमा सवारी चाप बढेका कारण यात्रा कष्टकर बनेको छ ।

नेपालभ्युज

बीपी राजमार्गमा सवारी चाप बढ्यो, यात्रा कष्टकर (भिडिओ)

काठमाडौं । बडादशैंको समापनसंगै उपत्यका फकर्ने यात्रुहरूको संख्या बढेसँगै बिपी राजमार्गमा सवारी चाप बढेको छ ।

बाढीपहिरोका कारण ठाँउक्षतिग्रस्त रहेको राजमार्गमा सवारी चाप बढेका कारण यात्रा कष्टकर बनेको छ ।

बाढीपहिरोले सडक नै बगाएपछि खोलाको किनारमा डाइभर्सन बनाएर सवारी संचालन गराइएको छ ।

तर , डाइभर्सन गरी बनाइएको सडकको अवस्था राम्रो नभएको र केही स्थानमा एकतर्फी भएका कारण सवारी साधन लामो जाममा पर्ने गरेका छन् ।

दशैंको अगाडी सडक बगाएपछि सडक डिभिजनले यात्रुहरूको सहजताका लागि छिटो छिटो डाइभर्सन निर्माण गरेको थियो ।

बाढीले क्षतिग्रस्त बनाएको काभ्रेको चौकीडाँडामा डाइभर्सन लामो भएका कारण समस्या भएकाले सम्भव भएसम्मको सडक सुधारको काम गरेको सडक डिभिजन भक्तपुरले जनाएको छ ।

सडक सुधारका लागि उक्त सडकखण्ड साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म बन्द गरिएको छ ।

केही दिनमा सवारी चाप क्रमशः घट्दै जाने भएकाले त्यसपछि सडकको सुधार र मर्मतको कामलाई थप तीव्रता दिने सडक डिभिजनको भनाइ छ ।

बाढीपहिरोका कारण बिपी राजमार्गको चौकीडाँडादेखि बर्खे खोलासम्मको मुख्य सडक पूर्ण रुपमा क्षति भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved