एनपीएल : अमेरिकाका विकेटकिपर आन्द्रेस गौस पोखरा एभेन्जर्समा

नेपालभ्युज

एनपीएल : अमेरिकाका विकेटकिपर आन्द्रेस गौस पोखरा एभेन्जर्समा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टिम पोखरा एभेन्जर्सले अमेरिकाका विकेटकिपर तथा ब्याटर आन्द्रेस गौसलाई अनुबन्ध गरेको छ ।

पोखराले ३० वर्षीय गौसलाई अनुबन्ध गरेको जनाएको छ । आन्द्रेस एनपीएलमा आबद्ध हुने पहिलो विदेशी खेलाडी बनेका छन् ।

दायाँ हाते ब्याटर गौसले उमेर समूहमा दक्षिण अफ्रिकाको लागि खेलेका थिए ।

उनले अमेरिकाबाट २० अन्तर्राष्ट्रिय खेलमा पाँच सय ९८ रन बनाएका छन् । तीन एकदिवसीय खेल्दा एक सय ५२ रन बनाएका छन् । सन् २०२४ मा क्यानडाविरुद्ध डेब्यू गर्दै अमेरिकाको प्रतिनिधित्व गरेका थिए ।

पोखराका मालिक सुबोध त्रिपाठीले गौसलाई उच्च प्रदर्शनका लागि शुभकामना दिए । पहिलो पटक नेपालमा लिग खेल्न लागेका गौसले उत्साहित रहेको बताएका छन् ।

यसअघि टोलीले इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नई सुपर किङ्सको प्रतिनिधित्व गरिसकेका राजिव कुमारलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । उनी चेन्नई सुपर किङ्सका ब्याटिङ र फिल्डिङ प्रशिक्षक हुन् ।

पोखराको मार्कीमा नेपाल राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल छन् । एनपीएल १५ मंसिरबाट ६ पुससम्म हुँदैछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved