सुनको मूल्य अहिलेसम्मकै उच्च

नेपालभ्युज

सुनको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्यले रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार लगातार बढिरहेको सुनको मूल्य आज अहिलेसम्मकै उच्च भएको हो ।

बिहीबार छापावाल सुन तोलाको १ लाख ६२ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार सुन तोलाको १ लाख ६१ हजार ८ सय रूपैयाँमा कारोबार हुँदै उच्च मूल्यको रेकर्ड कायम गरेको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । बिहीबार चाँदी तोलाको १ हजार ९ सय ५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved