दशैंपछि उकालो यात्रामा सेयर बजार, परिसूचक २७ सयको विन्दुमा 

नेपालभ्युज

दशैंपछि उकालो यात्रामा सेयर बजार, परिसूचक २७ सयको विन्दुमा 
प्रतीकात्मक तस्वीर

काठमाडौं । दशैंपछि सेयर बजार उकालो यात्रामा छ । दशैं बिदापछि खुलेको कारोबारको पहिलो दिन बजार दोहोरो अंकले बढेको थियो ।

कारोबारको दोस्रो दिन पनि बजार परिसूचक ४३ दशमलव २२ अंकले बढेर २७४२ दशमलव ८८ को विन्दुमा पुगेको छ ।

आज ३२० कम्पनीका ६५ हजार ८ सय ४५ पटकको कारोबारमा १ करोड ३२ लाख २४ हजार ३२२ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ५ अर्ब ६६ करोड २ लाख ३७ हजार रुपैयाँ रहेको छ ।

२०६ कम्पनीको सेयर मूल्य बढ्दा ३५ वटाको घटेको छ भने ३ वटा स्थिर रहेको छ । बुधबार १३ वटै उपसमूहमा हरियाली छाउँदा नेपाल फाइनान्समा लगानीकर्ता झुम्मिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved