अमेरिकाको भिसा नपाएको संकेत गर्दै सन्दीपले भने – नियन्त्रण बाहिरको परिस्थिति

नेपालभ्युज

अमेरिकाको भिसा नपाएको संकेत गर्दै सन्दीपले भने – नियन्त्रण बाहिरको परिस्थिति

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने हाल नेपालमै छन् । नेपाली टोली भने आईसीसी क्रिकेट वर्ल्ड कप लिग–२ प्रतियोगिताअन्तर्गतको शृङ्खला खेल्न अमेरिकामा छ ।

अमेरिकाको भिसा नमिलेको कारण सन्दीप क्यानडाबाट नेपाल आएका हुन् । नेपालबाटै भिसा प्रक्रिया अघि बढाउनुपर्ने भएको उनी यता आएका हुन् ।

यसै विषयलाई मध्यनजर गर्दै उनले सामाजिक सञ्जालमा एक पोस्ट गरेका छन् । जसमा भनिएको छ, ‘नियन्त्रण बाहिरको परिस्थिति’ । यसबाट अनुमान गर्न सकिन्छ कि उनले अझै पनि भिसा पाएका छैनन् ।

सन्दीपले आफूविरुद्ध लागेको जबरजस्ती करणी मुद्दामा भने उच्च अदालत पाटनबाट सफाइ पाइसकेका छन् । महान्यायाधिवक्ताको कार्यालयले पनि उच्च अदालत पाटनको निर्णयविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने बताइसकेको छ ।

तर, अमेरिकी दूतावासले भने सन्दीपलाई अझै पनि भिसा दिन अस्वीकार गरेको छ । सन्दीपले आईसीसी क्रिकेट वर्ल्ड कप लिग–२ अन्तर्गतको शृङ्खला खेल्न क्यानडा प्रस्थान गर्नुभन्दा निकैअघि अमेरिकी दूतावासमा भिसाका लागि आवेदन गरेका थिए ।

तर, अमेरिकी दूतावासमा सन्दीपले गरेको भिसा आवेदन अझै पनि ‘होल्ड’मा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved