काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्तिमध्येका एलोन मस्कले रिपब्लिकन पार्टीका उम्मेदवार तथा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानमा ७ करोड ५० लाख डलर दान गरेको खुलेको छ ।
सरकारी अनुसन्धानमा यो कुरा बाहिर आएको हो । सरकारी अनुसन्धानमा खुलासा भएको जानकारीअनुसार मस्कले ट्रम्पको सहयोगी अभियान समूह अमेरिका पीएसीलाई तीन महिनामा करिब ७५ मिलियन डलर दिएका हुन् ।
मस्कले जुलाईमा आक्रमणपछि ट्रम्पलाई औपचारिक रूपमा समर्थन गरेका थिए । तर, यसअघि पनि मस्कले ट्रम्पलाई धेरै मुद्दामा समर्थन गरेको देखिएको छ ।
हालै पेन्सिलभेनियाको बटलरमा ट्रम्पको र्यालीमा मस्क पनि सहभागी थिए । यो त्यही ठाउँ हो, जहाँ ट्रम्पमाथि आक्रमण भएको थियो ।
अमेरिकी चुनाव नोभेम्बरमा हुन लागेको छ, जहाँ वर्तमान उपराष्ट्रपति कमला ह्यारिस डेमोक्रेटिक पार्टीबाट उम्मेदवार छिन् । रिपब्लिकन पार्टीले ट्रम्पलाई उम्मेदवार घोषणा गरेको छ ।
Facebook Comment
Comment