पेट्रोल र डिजेलको मूल्य बढ्यो

नेपालभ्युज

पेट्रोल र डिजेलको मूल्य बढ्यो
सांकेतिक तस्वीर

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । मंगलबार राति १२ बजेबाट लागु हुने गरी   पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर ४ रुपैयाँले बढेको निगमले जनाएको छ ।

निगमका अनुसार  पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १५६.५० रुपैयाँ र डिजेलको मूल्य १४८.५० रुपैयाँ कायम गरिएको  छ ।

दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १५८ र डिजेलको मूल्य १५० रुपैयाँ कायम भएको निगमले जनाएको छ  । यस्तै तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १५९ र डिजेलको मूल्य १५१ रुपैयाँ कायम भएको निगमले जनाएको छ  ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved