एनपीएल आफ्नो भएको आमिर अख्तरको दाबी, क्यानले सम्झौता नगरे अदालत जाने चेतावनी

नेपालभ्युज

एनपीएल आफ्नो भएको आमिर अख्तरको दाबी, क्यानले सम्झौता नगरे अदालत जाने चेतावनी

काठमाडौं । नेपालका पूर्व क्रिकेटर तथा एनपीएल र ईपीएल टी–२० लिगका सञ्चालक आमिर अख्तरले नेपाल क्रिकेट संघ (क्यान)लाई ‘नेपाल प्रिमियर लिग’ आफ्नो नाममा रहेको दाबी गर्दै ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् ।

नेपाल प्रिमियर लिग प्रालिमा आफ्नो एकल स्वामित्व रहेको र त्यसको सबै अधिकार आफूसँग भएको अख्तरले दाबी गरेका छन् । सन् २०१७ मा धनगढीमा एनपीएलको पहिलो संस्करण क्यानकै सहमतिमा आफूले आयोजना गरिसकेको पनि उनले उल्लेख गरेका छन् ।

‘एनपीएल मेरो एकल स्वामित्व भएको एनपीएल र सोसम्बन्धी सम्पूर्ण अधिकार मेरो हुनेछ भनी कम्पनी ऐन, २०६३ को दफा ५ को उपदफा (१) बमोजिम उक्त प्रमाण पत्र प्राप्त गरेको कुरा यहाँ समक्ष पुनः अवगत गराउन चाहन्छु । नेपालको संविधानअनुसार नेपाल राष्ट्र तथा राज्य अन्तरगतका सम्पूर्ण नागरिकले देशको मूल कानून संविधानले सुनिश्चित गरेको सम्पूर्ण अधिकार नागरिकले प्राप्त गर्नेछ, यदि सो अनुसार नभए कानूनद्वारा उपचार पाउने प्रावधान जनताको लागि सुनिश्चित छ भन्ने कुरा अवगत नै होला, ’ उनले पत्रमा लेखेका छन् ।

अख्तरले आफूसँग क्यानले सहमति गरेमा मात्रै एनपीएलको नामसारी गरेर मात्र आयोजना गर्न दिने बताएका छन् ।

आमिरले त्यसका लागि ७ दिनको समयसीमा पनि दिएका छन् । क्यानले एनपीएल मंसिर १६ गतेबाट आयोजना गर्ने तयारी गरिरहेको छ । आमिरको यस्तो पत्रले एनपीएलले कस्तो मोड लिन्छ भन्ने प्रश्न उठेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved