बीपी राजमार्गमा निर्वाध चल्न थाले सवारी साधन

नेपालभ्युज

बीपी राजमार्गमा निर्वाध चल्न थाले सवारी साधन
फाइल फोटो

काठमाडौं । बाढीपहिरोबाट क्षतिग्रस्त बीपी राजमार्गमा मंगलबारदेखि यसअघिजस्तै सवारी आवागमन खुला गरिएको छ ।

बाढीपहिरोबाट राजमार्गको झण्डै १२ किलोमिटर सडक क्षतिग्रस्त भएपछि ठाँउ/ठाँउमा अवरुद्ध भएको सडकमा यसअघिजस्तै सवारी आवागमन खुला गरिएको हो ।

साना सवारी साधनलाई मात्रै अनुमति दिइएको राजमार्गमा साविकमा यातायात सञ्चालनका लागि अनुमति पाएका सबै सवारी साधन सञ्चालन गर्न खुला गरिएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ ।

बाढी पहिरोका कारण बीपी राजमार्गको भकुण्डेबेसी वर्षेखोला खण्डको करिब ८ किलोमिटरभन्दा बढी लम्बाईको सडक पूर्ण रुपमा बगाएकोले हाल नयाँ ट्रयाक निर्माण गरी सवारी साधनको लागि आवागमन खुलाइएको सडक डिभिजन कार्यालयले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved