भारत र क्यानडाले एक–अर्काका ६/६ कूटनीतिज्ञ निष्कासित गरे

नेपालभ्युज

भारत र क्यानडाले एक–अर्काका ६/६ कूटनीतिज्ञ निष्कासित गरे

काठमाडौं । क्यानडासँगको सम्बन्धमा तनावका बीच भारतले सोमबार अक्टोबर १४ मा कार्यवाहक उच्चायुक्त स्टेवार्ट रस ह्वीलरसहित ६ क्यानाडाली कूटनीतिज्ञलाई देशबाट निष्कासन गरेको छ।

उनीहरुलाई अक्टोबर १९  सम्म भारत छोड्न  भनिएको छ। अर्कोतर्फ रोयटर्सको रिपोर्टका अनुसार क्यानडाले ६ भारतीय कूटनीतिज्ञलाई पनि देश छाड्न भनेको छ।

यसअघि भारतीय विदेश मन्त्रालयले क्यानडास्थित आफ्ना उच्चायुक्त सञ्जय कुमार वर्मालाई पनि फिर्ता बोलाएको थियो। ट्रुडो सरकारले आइतबार पठाएको पत्रपछि यो कारबाही भएको हो। यसमा भारतीय उच्चायुक्त र केही अन्य कूटनीतिज्ञलाई क्यानडेली नागरिकको हत्यामा शंकास्पद रूपमा नाम दिइएको थियो।

क्यानेडियन नागरिकको बारेमा जानकारी दिइएको छैन, तर यो खालिस्तानी आतंकवादी हरदीप सिंह निज्जरको हत्यासँग जोडिएको छ।

त्यसको एक दिनपछि सोमबार साँझ ६ बजे भारतले कडा आलोचना गर्दै क्यानडाका राजदूतलाई बोलाएर क्यानडाले लगाएको आरोप निराधार भएको भनेको छ। यसपछि भारतले क्यानडामा रहेका आफ्ना उच्चायुक्त र अन्य कूटनीतिज्ञहरूलाई फिर्ता बोलाउने जानकारी दिएको थियो।

भारतका लागि क्यानडाका उप–उच्चायुक्त स्टुअर्ट ह्वीलरले विदेश मन्त्रालय छाडेपछि भने – भारतले लामो समयदेखि माग गरेको क्यानडा सरकारले गरेको छ। हामीले क्यानडाको भूमिमा क्यानाडाली नागरिकको हत्यामा भारतीय एजेन्टहरूलाई जोड्ने बलियो प्रमाणहरू उपलब्ध गराएका छौं। अब यी आरोपमा भारतले के कारबाही गर्छ त्यो हेर्न बाँकी छ। यो दुबै देशको हितमा छ। क्यानडा सहयोग गर्न तयार छ।

भारतको विदेश मन्त्रालयले भनेको छ – क्यानडा सरकारले उच्चायुक्त वर्मालाई सुरक्षा दिन्छ भन्ने हामीलाई विश्वास छैन । भारतले क्यानडाका बेतुका आरोपहरूलाई कडाइका साथ अस्वीकार गर्दछ। यसको पछाडि ट्रुडो सरकारको राजनीतिक एजेन्डा छ, जुन भोट बैंकबाट प्रेरित छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved