बस र ट्रक आपसमा ठोक्किँदा ३० जना घाइते

नेपालभ्युज

बस र ट्रक आपसमा ठोक्किँदा ३० जना घाइते

हेटौँडा । मकवानपुरको मनहरीमा यात्रुवाहक बस र ट्रक आपसमा ठोक्किँदा  ३० जना घाइते भएका छन् । सोमबार दिउँसो मनहरी गाउँपालिका–६ चौकीटोल स्थित पूर्व पश्चिम राजमार्गमा सो दुर्घटना भएको हो ।

चितवनबाट हेटौंडा तर्फ आउँदै गरेको ना ७ ख ३१२० नम्बरको बस र मनहरीबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ३११९ नम्बरको ट्रक एक आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

घाइतेहरुको मेडिकल कलेज चितवन र हेटौंडा अस्पतालमा उपचार भई रहेको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved