साफ महिला च्याम्पियनसिप : नेपाली टोली घोषणा

नेपालभ्युज

साफ महिला च्याम्पियनसिप : नेपाली टोली घोषणा

काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबल २०२४ को लागि नेपाली टोली घोषणा गरिएको छ ।

सोमबार राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले अन्जिला तुम्बापो सुब्बाको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेका हुन् ।

च्याम्पियनसिपमा दक्षिण एसियाका सातै टोली नेपाल, माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेशले सहभागिता जनाउँदै छन् । खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने तय गरिएको छ ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा साविक विजेता बंगलादेशसहित भारत र पाकिस्तान छन् । समूह ‘बी’ मा घरेलु टोली नेपाल, भुटान, श्रीलंका र माल्दिभ्स छन् ।

सातौं संस्करणको साफ महिला च्याम्पियनसिप कात्तिक १ देखि १४ गतेसम्म आयोजना हुनेछ ।

राष्ट्रिय महिला टोली :

गोलकिपर  : अन्जिला तुम्बापो सुब्बा ‘कप्तान’, अञ्जना राना मगर, उषा नाथ

डिफेन्डर : गीता राणा, अमृता जैसी, समिच्छ घिमिरे, निशा थोकर, पूजा राणा, विमला विक, हिरा कुमारी भुजेल, सजनी थोकर

मिडफिल्डर :  रेणुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, दिपा शाही, सविता राना मगर, अनिता बस्नेत, अमिषा कार्की, विमला चौधरी

फर्वाड : रश्मीकुमारी घिसिङ, अनिता केसी, रेखा पौडेल, सावित्रा भण्डारी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved