बीपी राजमार्गमा आज साँझदेखि रुट अनुमति लिएका गाडी चल्ने

नेपालभ्युज

बीपी राजमार्गमा आज साँझदेखि रुट अनुमति लिएका गाडी चल्ने
फाइल फोटो

काठमाडौं । बीपी राजमार्गमा आज साँझदेखि रुट अनुमति लिएका गाडीहरु चल्ने भएको छ । अहिले बाढी तथा पहिरोले क्षतिग्रस्त बनेको राजमार्गमा ट्र्याक खोलेर साना गाडीहरु चल्न दिइएको छ ।

चौकीडाँडा र माम्ती खोलाको नजिकको डाईभर्सन सुधार गरेर साँझदेखि रुट अनुमति लिएका गाडीहरु चल्ने सडक डिभिजन भक्तपुरले जनाएको छ ।

सडक खुला भएपनि क्षतिग्रस्त राजमार्ग क्षेत्रमा सुख्खा पहिरो झर्ने सम्भावना कायमै रहेको भन्दै डिभिजनले रातिको समयमा भने यो क्षेत्रमा यात्रा नगर्न अनुरोध गरेको छ ।

असोज ११ र १२ गतेको वर्षाले राजमार्ग अवरुद्ध थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved