‘साइबर सेना’ शब्द प्रयोग गरेपछि माग्ने बुढाले मागे माफी

नेपालभ्युज

‘साइबर सेना’ शब्द प्रयोग गरेपछि माग्ने बुढाले मागे माफी

काठमाडौं । माग्ने बूढा ऊर्फ केदारप्रसाद घिमिरेले माफी मागेका छन् ।

एक कार्यक्रममा सरिक हुने क्रममा उनले चलचित्र क्षेत्रमा ‘साइबर सेना’ सक्रिय भएको अभिव्यक्ति दिएका थिए ।

उनले प्रयोग गरेको शब्द साइबर सेनाको आलोचना भएपछि उनले माफी मागेका हुन् ।

“एक कार्यक्रममा आवेगमा मैले ‘साइबर सेना’ शब्द प्रयोग गरेकोमा क्षमा चाहन्छु । मेरो परिस्थिति बुझाइको तत्कालीन अवस्था र अहिलेको बुझाइको अवस्था फरक महसुस गरेको छु,” उनले भनेका छन् ।

माग्ने बुढाले प्रयोग गरेको शब्दप्रति अभिनेता विराज भट्टले कटाक्ष गरेका थिए । भट्ट र उनका छोरा समीर भट्ट अभिनित चलचित्र ‘१२ गाउँ’ अहिले हलमा लागिरहेको छ ।

यस्तै, यता माग्ने बुढा अभिनित ‘छक्का पञ्चा ५’ पनि चलिरहेको छ । यी दुईवटा चलचित्रले होडबाजीमा कमाइ गरिरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved