आज यी स्थानमा हल्का वर्षाको सम्भावना

नेपालभ्युज

आज यी स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । अहिले देशका लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक प्रभाव छ । त्यस्तै नेपालको मौसम प्रणालीमा स्थानीय वायुको पनि आंशिक प्रभाव छ।

महाशाखाका अनुसार शनिबार दिउँसोबाट नेपालको सम्पूर्ण भूभागबाट यस वर्षको मनसुन बहिर्गमन भएको छ । पश्चिम तथा मध्य क्षेत्रबाट केही अघि बाहिरिए पनि देशको पूर्वी भेगबाट शनिबार मनसुन बाहिरिने भएको हो ।

अहिले बिहान कोशी, मधेस र बाग्मती प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ।

आइतबार दिउँसो मधेस प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । मधेस प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved