भारतको मुम्बईमा एनसीपीका नेता बाबा सिद्दिकीको गोली हानी हत्या

नेपालभ्युज

भारतको मुम्बईमा एनसीपीका नेता बाबा सिद्दिकीको गोली हानी हत्या

एजेन्सी । भारतको मुम्बईमा पूर्व मुख्यमन्त्री समेत रहेका एनसीपीका नेता बाबा सिद्दिकीको गोली हानी हत्या गरिएको छ । गएराति मुम्बईको बान्द्रा पूर्वमा नेता सिद्दिकीमाथि गोली प्रहार भएको थियो ।

छातीमा गोली लागेर गम्भीर घाइते भएका उनलाई लगत्तै लिलावती अस्पतालमा भर्ना गरिएको थियो ।

छोरा जिशान सिद्दिकीको कार्यालय जाँदै गर्दा आक्रमण भएको र घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरिएको मुख्यमन्त्री एकनाथ शिन्देले जानकारी दिएकाका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गोली लागेर ज्यान गुमाएका सिद्दिकी महाराष्ट्रका पूर्व मन्त्रीसमेत हुन् ।

यसै वर्ष गएको फेब्रुअरीमा उनी कांग्रेस छोडेर एनसीपी अजित पवार गुटमा सामेल भएका थिए । सिद्दिकी बिगत ४८ वर्षदेखि कांग्रेसमा थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved