काठमाडौंका सडकमा चहलपहल बढ्यो

नेपालभ्युज

काठमाडौंका सडकमा चहलपहल बढ्यो

काठमाडौं । नेपालीहरूको महान् चाड विजया दशमी मनाउन आफन्तहरुकोमा जाने क्रमसँगै काठमाडौंका सडकमा सर्वसाधारणको चहलपहल बढ्न थालेको छ ।

दशैंको मुख्य दिन हिजोदेखि घरमा मान्यजनको हातबाट टिका एवं नवदुर्गाको प्रसाद ग्रहण गरी आफन्तकोमा जाने क्रम सुरु भएको हो ।

आज टिकाको दोस्रो दिन चहलपहल बढेको छ । उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा साइतको टीका घरमा लगाइसकेपछि आफन्तकोमा जाने क्रमसँगै सडकमा नागरिक सवारीसाधन कुरेर बसिरहेको देख्न सकिन्छ ।

दुर्गापक्षको मुख्य दिन हिजो मान्यजनको हातबाट नवदुर्गाको प्रसाद ग्रहण गर्न थालिएको छ । विधिपूर्वक नौ दिनसम्म नवदुर्गाको आह्वान गरी पूजा आराधना गरिएको दशैं घर वा पूजा कोठामा देवी विसर्जन गरिन्छ ।

हिजोदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रूप मानेर लगाउने गरिन्छ ।

त्रेता युगमा आजकै दिन भगवान् रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved