एनपीएल : चेन्नई सुपर किङ्सका राजिव पोखराको मुख्य प्रशिक्षक

नेपालभ्युज

एनपीएल : चेन्नई सुपर किङ्सका राजिव पोखराको मुख्य प्रशिक्षक

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल टोली पोखरा एभेन्जर्सले मुख्य प्रशिक्षकमा राजिव कुमारलाई नियुक्त गरेको छ ।

शुक्रबार भारतका राजिव कुमारलाई आगामी लिगको लागि मुख्य प्रशिक्षक नियुक्त गरेको हो । कुमारले इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नई सुपर किङ्सको प्रतिनिधित्व गरिरहेका छन् ।

उनी चेन्नई सुपर किङ्सका ब्याटिङ र फिल्डिङ प्रशिक्षक हुन् । उनले भारतका पूर्व कप्तान महेन्द्रसिंह धोनीसँगै क्रिजमा बिताएका छन् ।

सन् २००३ मा बिदर्भ ट्रफीमा बिहार र झारखण्डको लागि धोनी र कुमार दुवैले सँगै क्रिकेट खेलेका थिए । राजिवको कप्तानीमा धोनीले क्रिकेट खेलेका छन्। हाल उनी चेन्नई सुपर किङ्समा धोनीलाई कोचिङ गरिरहेका छन्।

चेन्नईको कप्तानमा धोनी रहँदा कुमार भने प्रशिक्षकको भूमिकामा अझै छन् ।पोखरा एभन्जर्सका मालिक सुबोध त्रिपाठीले कुमारलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेपछि बधाई दिँदै कार्यकालको शुभकामना दिए ।

 

नियुक्ती पछि कुमारले नयाँ यात्राको लागि खुसी भएको र नेपाल आउन उत्साहित रहेको प्रतिक्रिया दिएका छन् ।पोखराको मार्कीमा नेपाल राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल रहेका छन् । एनपिएल १५ मंसिरबाट ६ पुससम्म हुँदैछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved