टीकाको उत्तम साइत देश अनुसार फरक, कुन देशमा कति बजे ?

नेपालभ्युज

टीकाको उत्तम साइत देश अनुसार फरक, कुन देशमा कति बजे ?

काठमाडौं । बडादशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ ।

टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले नेपालमा आज बिहान ११स्३६ बजेको साइत उत्तम रहेको जनाएको छ ।

विजयादशमी आफैंमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए ।

अन्तर्राष्ट्रिय पञ्चाङ निर्णय समितिले पनि ३२ देशमा कहाँ कति बजे टीका लगाउनु उत्तम साइत भनेर समय निर्धारण गरेको छ । गत असोज १३ गते नै विज्ञप्ति जारी गरी टीकाको उत्तम साइत तोकेको हो ।

हेर्नुहोस् सूचि


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved