आज बडादशैंको दिन कस्तो रहला मौसम ?

नेपालभ्युज

आज बडादशैंको दिन कस्तो रहला मौसम  ?

काठमाडौं । आज बडादशैंको दिनसम्म कोशी र मधेश प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दशैं विशेष मौसम बुलेटिन जारी गर्दै महाशाखाले सो जानकारी दिएको हो ।

महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बाँकी भूभागमा भने मौसम सफा रहने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी र मधेश प्रदेशका केही थोरै स्थानमा मनसुनी वायु बाँकी छ । बागमती, गण्डकीसहित पश्चिम नेपालका भूभागबाट भने मनसुन बाहिरिसकेको छ ।

साथै सप्तमीदेखि दशैंको टीकाको दिनसम्म अहिलेको तुलनामा जाडो भने बढ्ने छ । अधिकांश स्थानमा अधिकतम र न्यूनतम तापक्रम सरदरभन्दा थोरै घट्ने सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved