रास्वपाको प्रश्न- मीन बहादुर गुरुङले एमालेलाई जग्गा दान दिनु अनैतिक मात्रै कि गैरकानुनी पनि

नेपालभ्युज

रास्वपाको प्रश्न- मीन बहादुर गुरुङले एमालेलाई जग्गा दान दिनु अनैतिक मात्रै कि गैरकानुनी पनि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले मीन बहादुर गुरुङले एमालेलाई जग्गा दान दिनु अनैतिक मात्रै हुन्छ कि गैरकानुनी पनि भन्दै प्रश्न गरेको छ ।

रास्वपा नेता गणेश कार्कीले भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङले एमालेको भवन बनाउनको लागि १० रोपनी १४ आना जग्गा दान दिएपछि बिहीबार साँझ सामाजिक संजाल फेसबुकमा एक स्टाटस शेयर गर्दै यस्तो प्रश्न गरेका हुन् ।

नेता कार्कीले प्रश्न गरेका छन् ‘ललिता निवासको जग्गा लिएर फिर्ता दिएको भनेर जोगाएका विष्णु पौडेल रहेको पार्टी, सरकार चलाइरहेको पार्टी र एक पल्ट पक्राउ परेर अझै मुद्दा खेपिरहेका मीनबहादुर गुरुङबीचमा यसरी लेनदेन हुनु अनैतिक मात्रै हुन्छ कि गैरकानुनी पनि ?’

उनले राजनीतिक दल सम्बन्धी ऐन अनुसार पनि यसमा निर्वाचन आयोगको ध्यानाकर्षण गराउन चाहेको बताएका छन्  ।

‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाइरहेको व्यक्ति वा संस्थासँग सरकार चलाइरहेको दल वा कुनै पनि दलले चन्दा रकम वा अचल सम्पति दान लिन नपाउने हो कि कति सम्म लिन पाउने हो भन्ने अब आउने संसद्को गम्भीर छलफलको विषय बन्न पर्छ’,उनले लेखेका छन् ।

‘सरकारवादी रहेको मुद्दाका आरोपीले त्यही सरकार चलाईरहेको एमालेलाई हालको बजार मूल्य अनुसार ५० करोड भन्दा माथिको जग्गा दिनु र एमालेले लिनु स्वार्थ बाझिन्छ कि बाझिन्न ?’, उनले प्रश्न गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved