सुनसान काठमाडौं (तस्वीरहरू)

सुनसान काठमाडौं (तस्वीरहरू)

काठमाडौं । नेपालीहरुको महान् पर्व बडादशैं मनाउन सर्वसाधारण गाउँ फर्किएसँगै काठमाडौं उपत्यका सुनसान भएको छ ।

बडादशैं तथा तिहार मनाउन सर्वसाधारणहरु गाउँ फर्किएका र स्थानीय बासिन्दाहरु घरबाहिर ननिस्किँदा काठमाडौं सुनसान भएको हो । यसपटक दशैं मनाउन करिब १२ लाख भन्दा बढीले उपत्यका छोडेका छन् ।

अहिले उपत्यकाको सडकमा हिँड्‌डुल गर्ने व्यक्ति र सवारीसाधन फाट्टफुट्ट मात्रै देखिएका छन् भने किनमेलका पसलहरु प्रायः बन्द छन् ।

काठमाडौंमा मानिसहरुको खचाखच हुने न्यूरोड, आरएनएसी, भद्रकाली लगायतका ठाउँहरुमा पसलहरु बन्द रहेका छन् ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved