विद्यार्थीलाई पोसाक वितरण गर्न दशैंमा झिलझिलेमा सांस्कृतिक मेला 

नेपालभ्युज

विद्यार्थीलाई पोसाक वितरण गर्न दशैंमा झिलझिलेमा सांस्कृतिक मेला 

झापा । झापाको शिवसताक्षी नगरपालिका-८, झिलझिलेमा समाजसेवी सांस्कृतिक तथा साङ्गीतिक मिनी मेलाको दोस्रो संस्करण असोज २४ गतेदेखि सुरु हुने भएको छ ।

कार्तिक ३ गतेसम्म चल्ने मेलामा दसैँलक्षित सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम हुने समाजसेवी क्लबका सल्लाहकार सुरज रिङलुङ्ग राईले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

मेला विभिन्न राष्ट्रिय र स्थानीय सङ्गीत ब्यान्डहरूको प्रस्तुति हुनेछन् । पहिलो दिन असोज २४ गते एएस ब्यान्ड, २५ गते लिजाड ब्यान्ड, २६ गते डब्लुई ब्यान्ड, २८ गते बादल लिम्बु र नुमा राईलगायतका ब्यान्डहरूले साङ्गीतिक प्रस्तुति दिनेछन् ।

साथमा, हाउजी बिंगो तम्बोला खेलसमेत खेलाइनेछ । मेलाबाट संकलित रकमले सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई पोसाक र स्टेशनरी सामग्री वितरण गरिने उनले बताए ।

यसपटक पनि सामाजिक सेवा गर्ने लक्ष्यका साथ मेला लगाउन लागिएको अध्यक्ष मिलन सुब्बाले बताए । कार्यक्रम संयोजक प्रताप खापुङले मेलाको तयारी तीव्र गतिमा भइरहेको बताए ।

मेला २४ गते बेलुका प्रतिनिधि सभा सदस्य एलपी साँवा लिम्बूको प्रमुख आतिथ्यतामा उद्घाटन हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved