कस्तो रहनेछ फूलपातीदेखि टीकासम्मको मौसम ?

नेपालभ्युज

कस्तो रहनेछ फूलपातीदेखि टीकासम्मको मौसम ?

काठमाडौं । भोलिदेखि दशैंको मुख्य दिन सुरु हुँदैछ । यसैबीच जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दशैंका मुख्य ३ दिन (फूलपाती, अष्टमी/ नवमी र टीका)को मौसमबारे सूचना जारी गरेको छ ।

सूचनाअनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। भारी वर्षा हुने सम्भावना कतै रहेको छैन ।

विभागले भनेको छ, ”यस वर्ष दशैंको सप्तमी (२४ गते), अष्टमी/नवमी (२५ गते), र दशमी (२६ गते) का दिनहरूमा कोशी प्रदेश र मधेश प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही कोशी प्रदेश र मधेश प्रदेशका थोरै स्थानहरूमा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चटयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहने तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने देखिन्छ । साथै उक्त दिनहरूमा अधिकांश स्थानहरूमा अधिकतम तथा न्युनतम तापक्रम सरदर भन्दा थोरै घट्ने सम्भावना रहेको देखिन्छ ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved