खुल्यो सिद्धार्थ र पृथ्वी राजमार्ग, अन्य सडकको अवस्था कस्तो छ ?

नेपालभ्युज

खुल्यो सिद्धार्थ र पृथ्वी राजमार्ग, अन्य सडकको अवस्था कस्तो छ ?
फाइल तस्वीर

काठमाडौं । बाढी पहिरोको कारण अवरुद्ध सिद्धार्थ राजमार्ग र पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । दशैंमा गाउँ फर्कने यात्रीहरूलाई मध्यनजर गर्दै धमाधम अवरुद्ध सडक खुलाउने काम भइरहेको सडक विभागका सूचना अधिकारी ई.अमित कुमार शाहले बताए ।

सडक विभागकाअनुसार बाढीपहिरोका कारण ८१७ सडक अवरुद्ध भएको थियो भने ४३८ स्थानमा सवारी आवागमन एकतर्फी थियो । तर, अहिले १४ स्थानमा सडक अवरुद्ध छ भने हाल ३६५ स्थानमा दुवैतर्फी यातायात सञ्चालन भइरहेको छ ।

हाल अवरुद्ध रहेको राजमार्ग र स्थान 

विभागको तथ्यांकअनुसार हाल बीपी राजमार्गअन्तर्गत काभ्रेपलान्चोकको भ्याकुरे खोला, माम्ती खोला, काल ढुंगा, बोक्सी कुना, नार्के पुल आसपास, पिनथली बेसी, डालाबेसी लगायतका स्थानमा सडक अवरुद्ध छ ।

त्यस्तै, अरनिको राजमार्ग सिन्धुपाल्चोकको लिभिङ पुलमा बन्द रहेको छ भने मध्यपहाडी राजमार्गकफ रामेछापको खैरेनी गाउँ सित्खा र खानी खोलामा सडक बन्द रहेको छ ।

मेची राजमार्गअन्तर्गत इलामको माइखोलामा बन्द रहेको छ भने ठाँटी भगवानपुर, लहान, कदमाहचोक, गाईघाट, महुरे, खार्पा सोलु जोड्ने सडक उदयपुरको फोक्सिन्टारमा बन्द रहेको छ ।

त्यस्तै, भिटामोड, जलेश्वर, बर्दिबास, खुर्कोट मन्थली तामाकोशी, सिगटी, लामाबगर, लाप्चेगाउँ जोड्ने रामेछापको सुनकोशी पुल अवरुद्ध रहेको सडक विभागले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved