एनपीएल : केपी खनाल सुदूरपश्चिम रोयल्सको सोसल एक्टिभिस्ट एम्बेसडर

नेपालभ्युज

एनपीएल : केपी खनाल सुदूरपश्चिम रोयल्सको सोसल एक्टिभिस्ट एम्बेसडर

काठमाडौं । सुदूरपश्चिम रोयल्सले केपी खनाललाई आफ्नो सोसियल एक्टिभिस्ट एम्बेसडर नियुक्त गरेको छ ।

सुदूरपश्चिमका मालिक स्वतन्त्र प्रताप शाह र सोसियल एक्टिभिस्ट एम्बेसडर खनालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

खनाल क्लिन काष्ठमण्डप सरसफाइ अभियान, मैनादेवी फाउन्डेसनमार्फत् हरियाली, स्वच्छता अभियानमा स्थानीय निकायसँग सहकार्य गर्न सक्रिय छन् ।

सुदूरपश्चिमलाई जनस्तरमा परिचित गराउनका लागि खनालसँगको‌ सहकार्य प्रभावकारी हुने शाहले बताए ।

आफू पनि सुदूरपश्चिमकै भएको टिमसँग जोडिन पाउँदा खुसी लागेको जनाउँदै खनालले बताए । ‘सुदूरपश्चिम क्रिकेटका उर्वर भूमी हो । क्रिकेटको माध्यमबाट सुदूरपश्चिमलाई जनस्तरमा पुर्‍याउन म‌ आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नेछ,’ उनले भने ।

टिमको मार्की खेलाडीमा दीपेन्द्र सिंह ऐरी र मुख्य प्रशिक्षकमा जगत टमाटा छन् । त्यस्तै, ओलम्पियन दीपक विष्ट सुदूरपश्चिमको ब्रान्ड एम्बेसडर हुन् ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १६ गते एनपीएल सुरु हुँदैछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved