रवीन्द्र भन्छन्- राष्ट्रपतिको हातबाट टीका लगाउनु देश र भावी पुस्तामाथिको पाप

नेपालभ्युज

रवीन्द्र भन्छन्- राष्ट्रपतिको हातबाट टीका लगाउनु देश र भावी पुस्तामाथिको पाप

काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले दशैंमा राष्ट्रपतिको हातबाट टीका लगाउनु देश र भावी पुस्तामाथि पाप गर्नु भएको आरोप लगाएका छन् ।

आफू दशैंमा पूर्वराजाको हातबाट टीका लगाउने उल्लेख गर्दै मिश्रले यस्तो आरोप लगाएका हुन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘दशैंमा राजाकै हातबाट टीका लगाउन जाने हो । देश पतित बनाउँदै अन्ततोगत्वा ध्वस्त पार्ने व्यवस्थाका प्रतिक राष्ट्रपतिको हातबाट टीका लगाउनु भनेको यो देश र भावी पुस्तामाथि पाप गर्नु हो ।’

उनले पूर्वराजाको दशैं शुभकामना सन्देशमा निहित शब्द-शब्दमा इमान, प्रतिबद्धता, देशभक्ति र दृढता रहेको बताए ।

उनले पूर्वराजा र दलहरुबीच नमिल्नुको विकल्प नरहेको बताए ।

मिश्रले लेखेका छन्, ‘राजाको बेचैनी बढ्दा र राजाको स्वीकार्यता बढ्दा, दलहरूको बेचैनी बढ्नु पर्दैन । किनभने, राजाले दलहरूलाई न्यूनीकरण गरेर या दलहरूले राजालाई न्यूनीकरण गर्न खोजेर यो देशको हित नहुने रहेछ भन्ने स्पष्ट भइसक्यो ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved