मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

नेपालभ्युज

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
प्रतीकात्मक तस्वीर ।

काठमाडौं । मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

पाल्पा-बुटवल सडकखण्डको तानसेन नगरपालिका ८, डुम्रेमा बुधबार बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको हो

दुर्घटनामा रामपुर नगरपालिका १, हाँगेपिपलका २२ वर्षीय नारायण ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी निरीक्षक सन्दीप बेल्बासेका अनुसार बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु ३१ प ६५०७ नम्बरको मोटरसाइकलले सोही दिशाबाट आउँदै गरेको लु २ ख ४६३१ नम्बरको टिपरलाई उछिन्ने क्रममा दुर्घटना भएको हो ।

मोटरसाइकल चालक ठकुरीको उपचारका क्रममा भैरहवा मेडिकल कलेजमा मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक रामपुर १, हाँगेपिपलका १८ वर्षीय प्रवीण ठकुरी घाइते भएका छन् । उनको सोही कलेजमा उपचार भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved