दैलेख र जुम्लामा सवारी दुर्घटना, २ जनाको मृत्यु

नेपालभ्युज

दैलेख र जुम्लामा सवारी दुर्घटना, २ जनाको मृत्यु

सुर्खेत । दैलेखमा हायस दुर्घटना हुँदा एक जनाको मुत्यु भएको छ । मृत्यु हुनेमा चामुण्डाबिन्द्रसैनी नगरपालिका–१ का २२ वर्षीय युवा प्रकाश बुढा छन् ।

दैलेख प्रहरीका अनुसार सुर्खेतबाट चामुण्डाबिन्द्रासैनीको चाल्ने चौतारतर्फ जाँदै गरेको कर्णाली प्रदेश ९२००१ ख ०९०६ नम्बरको हायस (एसएमएल) सोमबार राती ९ बजेतिर दुर्घटना भएको हो ।

२३ जना यात्रु रहेको उक्त गाडीका बाँकी यात्रु भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

यस्तै, जुम्लामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

मंगलबार बिहान तिला गाउँपालिका–३ त्रिवेणीबाट तातोपानी गाउँपालिका–७ सर्मीतर्फ जाँदै गरेको क १ प १६०५ नम्बरको मोटरसाइकल दुघर्टना हुँदा तातोपानी–७ सर्मीका ३१ वर्षीय हेमराज कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कायर्यालय जुम्लाका सूचना अधिकारी भानुभक्त अर्यालले बताए ।

मोटरसाइकल तिला गाउँपालिका–४ रावतबाडास्थित सडकबाट अन्दाजी १६० मिटर तल भेरी खोलाको छेउमा खसेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved