सिन्धुलीमा भेटिएको उँट सर्लाहीमा पालिएको, वन कार्यालय भन्छ- चर्दाचर्दै अर्को जिल्ला पुगेछ

नेपालभ्युज

सिन्धुलीमा भेटिएको उँट सर्लाहीमा पालिएको, वन कार्यालय भन्छ- चर्दाचर्दै अर्को जिल्ला पुगेछ

काठमाडौं । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा मंगलबार बिहान भेटिएको उँट सर्लाहीमा पालिएको खुलेको छ ।

विभिन्न ठाउँमा हुने मेला महोत्सवमा देखाउनको लागि सर्लाहीको भरतताल क्षेत्रमा पालिएको उँट सिन्धुलीको सिमानामा पुगेको हो ।

डिभिजन वन कार्यालय, मरिणका अधिकृत अजयविक्रम मानन्धरले चराउने वा अरू कुनै कारणले सिन्धुली ल्याइएको खुलेको बताए ।

उँट देखाएर वा चढाएर पैसा लिने व्यापारिक प्रयोजनको लागि पालिएको उँट रहेको देखिएको मानन्धरले बताए । चार महिनाअगाडि मात्र त्यो उँट नारायणगढमा मेलामा लगिएको थियो ।

भरततालमा पर्यटकलाई देखाउन उँट राखिएको छ । पर्यटकलाई उँट देखाएर पैसा लिने काम भइरहेको छ । जुन उँट त्यही रहेको खुलेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved