बजारमा किनमेल गर्नेको चहलपहल

नेपालभ्युज

बजारमा किनमेल गर्नेको चहलपहल

काठमाडौं । दशैंमा बजारमा किनमेल गर्ने ग्राहकको चहलपहल छ ।

काठमाडौं उपत्यकाका मुख्य बजारमा दशैंको लागि किनमेल गर्न उपभोक्ताहरुको चहलपहल देखिएको हो । तर, व्यापारीहरुले भने विगतको तुलनामा व्यापार कम भएको गुनासो गरेका छन् ।

काठमाडौं उपत्यकाका मुख्य बजार असन, न्यूरोड, महाबौद्ध, भोटाहिटी भृकुटीमण्डपलगायतका बजारमा सामान किनमेल गर्ने ग्राहकहरुको चहलपहल छ । व्यापारीहरुले बाढी पहिरो लगाएतका कारणले व्यापार कम भएको अनुमान गरेका छन् ।

उनीहरुले कारोना महामारीपछि मुलुकको आर्थिक अवस्था कमजोर भएकाले पनि बजारमा त्यसको प्रभाव कम देखिएको जनाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved