प्रहरी सम्बन्धी कानुन संशोधन गर्न बनेको विधेयकउपर लोकसेवा आयोगसँग परामर्श लिने मन्त्रिपरिषद्को निर्णय

नेपालभ्युज

प्रहरी सम्बन्धी कानुन संशोधन गर्न बनेको विधेयकउपर लोकसेवा आयोगसँग परामर्श लिने मन्त्रिपरिषद्को निर्णय
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सिंहदरबार

काठमाडौं । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीसम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयकउपर लोकसेवा आयोगसँग परामर्श लिने भएको छ ।

आइतबार सिंहदरबारमा असोज १८ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले नेपाल प्रहरी र सशस्त्र प्रहरीसम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकउपर लोकसेवा आयोगको परामर्श लिन गृहमन्त्रालयलाई स्वीकृति दिने निर्णय भएको जानकारी दिए ।

त्यस्तै बैठकले २०७८ साल चैत्र २४ गतेको निर्णयअनुसार राष्ट्र बैंकका गभर्नरउपर छानबिन गर्न गठित जाँचबुझ समिति रद्द गर्ने निर्णय गरेको छ ।

बैठकले राजस्व न्यायाधिकरण विराटनगरको अध्यक्ष पदमा विराटनगर उच्च अदालतका न्यायाधीश ध्रुवराज नन्दलाई तोक्ने निर्णय गरेको छ भने राजस्व न्यायाधिकरण नेपालगन्जको अध्यक्ष पदमा उच्च अदालत तुलसीपुर इजलासका न्यायाधीश सुभाष पौडेललाई तोक्ने निर्णय गरेको छ ।

त्यस्तै वैदेशिक रोजगार न्यायाधिकरणको अध्यक्ष पदमा उच्च अदालत दिपायलका न्यायाधीश गोकर्ण डाँगीलाई तोक्ने निर्णय गरिएको प्रवक्ता गुरुङले बताउनुभयो । बैठकले यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका बस्तुसम्बन्धी आदेश जारी गर्ने, जल तथा मौसम विज्ञान नीति २०८१ स्वीकृत गर्ने निर्णय गरेको उनले बताए ।

त्यस्तै बुटवल उपमहानगरपालीकालाई उजीरसिंह रंगशाला आयोजना निर्माणका लागि तीन हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरिएको छ भने बैदेशीक रोजगार छैटौ संशोधन नियमावली २०८१ स्वीकृत गर्ने निर्णय गरिएको छ ।

त्यस्तै सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा प्राडा ठाकुर प्रसाद दुवाडीलाई मनोनयन गर्ने निर्णय भएको प्रवक्ता गुरुङले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved