एनपीएल अक्सन : अनिल साह १५ लाखमा जनकपुर बोल्ट्समा आवद्ध

नेपालभ्युज

एनपीएल अक्सन : अनिल साह १५ लाखमा जनकपुर बोल्ट्समा आवद्ध

काठमाडौं । अनिल कुमार साह नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्सबाट खेल्ने भएका छन् ।

एनपीएलको जारी अक्सनमा जनकपुरले अनिललाई १५ लाख रुपैयाँमा भित्र्याएको हो । उनलाई सबै टिमले आवद्ध गर्न चाहे पनि चिट्ठामा जनकपुरले बाजी मारेको हो ।

साहले पछिल्लो पटक नेपाली राष्ट्रिय टोलीमा ओपनिङको भूमिका निभाइरहेका छन् ।

यस्तै काठमाडौं गुर्खाजले शंकर रानालाई ९ लाख ५० हजारमा आफ्नो टोलीमा जोडेको छ । लुम्बिनी लायन्सले दुर्गेश गुप्तालाई ८ लाखमा भित्र्याएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved