एनपीएल अक्सन : रिजन ढकाल १० लाखमा चितवन राइनोजमा आबद्ध

नेपालभ्युज

एनपीएल अक्सन : रिजन ढकाल १० लाखमा चितवन राइनोजमा आबद्ध

काठमाडौं। नेपाल प्रिमियर लिग एनपीएल टी–२० क्रिकेट प्रतियोगिताका लागि चितवन राइनोजले रिजन ढकाललाई आफ्नो टोलीमा आबद्ध गरेको छ ।

एनपीएलको जारी अक्सनमा पहिलो बिडमा परेका क्याटगोरी ‘ए’का ढकाललाई चितवनले १० लाख रुपैयाँमा किनेको हो ।  लेफ्ट आर्म पेसर ढकाल राष्ट्रिय टोलीमा समेत परेका छन् ।

यस्तै क्रिकेटर सुवास भण्डारीलाई विराटनगर किङ्ग्सले साढे २ लाखमा भित्र्याएको छ । उनी राईट आर्म अफस्पिनर हुन् ।

अक्सनमा १६२ खेलाडी दर्ता गरिएका छन्। प्रतियोगितामा कुल ८ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

अक्सनमा १६२ खेलाडी दर्ता गरिएका छन् । प्रतियोगितामा कुल ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved