ललितपुरमा एक पुरुष मृत भेटिए

नेपालभ्युज

ललितपुरमा एक पुरुष मृत भेटिए
प्रतीकात्मक तस्वीर ।

काठमाडौं । ललितपुरमा एक पुरुष मृत अवस्थामा भेटिएका छन् ।

ललितपुर महानगरपालिका १८ हार्मोनी कोलनी सी ब्लक नजिकै एक पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर, ललितपुरका एसपी नवरत्न पौडेलका अनुसार उक्त शव आइतबार बिहान भेटिएको हो ।

शव पोस्टमार्टमका लागि पाटन अस्पताल पठाइएको छ । शव बाढीले बगाएर ल्याएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved