इजरायली सेनाको आक्रमणमा परी गाजामा २१ जनाको मृत्यु

नेपालभ्युज

इजरायली सेनाको आक्रमणमा परी गाजामा २१ जनाको मृत्यु

काठमाडौं । इजरायली सेनाको आक्रमणमा गाजामा मस्जिदमा शरण लिइरहेका २१ जनाको ज्यान गएको छ । आइतबार भएको आक्रमणमा उनीहरूको मृत्यु भएको हमासको नागरिक रक्षा एजेन्सीले जनाएको छ ।

केन्द्रीय गाजास्थित देर अल-बालाहमा भएको मस्जिदमा रहेका हमासका लडाकुलाई निशाना बनाएको इजरयाली सेनाको दाबी छ । सो क्षेत्रको एक विद्यालयमा पनि हमला गरेको इजरायली सेनाले बताएको छ ।

यसैबीच इजरायली हवाई बलले लेबनानको क्षेत्रबाट शनिबार राति गरिएको हवाई हमला रोक्न सफल भएको दाबी समेत गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved