झलनाथ खनालले मागे प्रधानमन्त्रीको राजीनामा

नेपालभ्युज

झलनाथ खनालले मागे प्रधानमन्त्रीको राजीनामा

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।

शनिबार काठमाडौंको बल्खुमा बाढीपीडितलाई खाद्यान्न वितरण कार्यक्रममा खनालले सरकारले प्राकृतिक विपत्तिको तयारी राम्रो हुन नसक्दा ठूलो धनजनको क्षति भएको र जनता समस्यामा परेको भन्दै वर्तमान सरकारले राजीनामा दिनुपर्ने बताए ।

उनले अहिले सरकार भएको आभाष नभएकाले जनताले आफ्नो सरकार बनाउने बाटो खुला गनुपर्ने जिकिर गरे । अहिलेको सरकार पूर्णरुपमा फेला भएकाले विपक्षीमा रहेका दलहरु अघि बढेर काम गर्नुपर्ने उनको भनाइ छ ।

खनालले मौसमविद्हरुले ठूलो वर्षा हुनसक्ने जानकारी गराउँदा पनि त्यसको तयारी सरकारले बेलैमा राम्रो ढंगले गर्न नसक्दा ठूलो धनजनको क्षति भएको भएको जिकिर गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved