एयरहोस्टेजको उमेर हद ५ वर्ष बढाइयो

नेपालभ्युज

एयरहोस्टेजको उमेर हद ५ वर्ष बढाइयो

काठमाडौं । सरकारले विमान परिचारकरपरिचारिका (एयरहोस्टेज)को ४५ वर्षे उमेर हदलाई बढाएर ५० वर्ष पुर्‍याउने भएको छ ।

शनिबार ४५ वर्षे उमेर हद हटाउन माग गर्दै आन्दोलनरत क्याबिन क्रु सदस्यहरुसँग छलफलपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले निगमलाई ४५ वर्षको उमेर हदलाई ५० बनाएर अघि बढ्न निर्देशन दिएका हुन् ।

हाल निगमको विनियमावलीमा क्याबिन क्रुको उमेर हद ४५ वर्ष रहेकोले आफूले निगम व्यवस्थापनलाई व्यवस्था संशोधन गर्न निर्देशन दिएको मन्त्री पाण्डेले बताए ।

उनले अदालतमा रहेको मुद्दाका बारेमा महान्यायाधिवक्ता कार्यालयसँग राय लिएर अघि बढ्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved