मतदाताको प्रश्न- सरकारमा किन जानुभयो, रविको जवाफ- सिंहदरबार कसरी चल्छ भन्ने जान्नु थियो

नेपालभ्युज

मतदाताको प्रश्न- सरकारमा किन जानुभयो, रविको जवाफ- सिंहदरबार कसरी चल्छ भन्ने जान्नु थियो

काठमाडौं । पूर्वउपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ठूला तथा पुराना दलहरूको पछि-पछि लागेर आफूहरू सरकारमा नगएको जिकिर गरेका छन् ।

शुक्रबार उनको आफ्नो क्षेत्र चितवन २, मुग्लिनमा आयोजित सार्वजनिक सुनुवाइका क्रममा मतदाताहरूले सोधेको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।

“हामीलाई सिंहदरबार कसरी चल्छ, जान्नु थियो । सरकारमा गयौँ, जान्यौँ पनि । कुनै दल सरकारमा पुग्दा त्यसका संयन्त्रहरूबारे जानकार हुनुपर्छ । अर्कोपटक अवस्था परिवर्तन हुन्छ । सरकारमा जानु हाम्रो रणनीति थियो, पुराना दलहरूको पछि-पछि लागेर सरकारमा गएका होइनौँ,” उनले भने ।

लामिछानेलाई सुनुवाइमा सहभागीहरूले ‘सरकारमा किन जानुभयो, तपाईं र पुराना दलबीच के फरक भयो र ?’ भनेर प्रश्न गरेका थिए ।

उनले थपे, “सरकारमा जानु हाम्रो रणनीति थियो । यो भोलिका लागि काम लाग्नेछ । सरकारमा गएर हामीले मिनेट-मिनेटको सदुपयोग गरेका छौँ । सरकारमा गएर गल्ती गरेको भन्ने तपाईंहरूको भावनाको सम्मान गर्छु तर, त्यहाँ गएर एउटा काम बिगारेका छैनौँ ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved