‘ज्वाइँ साब’को ट्रेलर सार्वजनिक

नेपालभ्युज

‘ज्वाइँ साब’को ट्रेलर सार्वजनिक

काठमाडौं । असोज २४ गते फूलपातिदेखि प्रदर्शनमा आउने फिल्म ‘ज्वाइँ साब’को ट्रेलर सार्वजनिक भएको छ ।

जितु नेपाल र नीति शाह अभिनीत फिल्मको ट्रेलर रिलिजको एक साताअघि सार्वजनिक भएको हो । ट्रेलर रमाइलो र हास्यप्रधान छ ।

बसन्त निरौला निर्देशित यो फिल्ममा जितु र नीतिका साथमा हिमेश पन्त, बुद्धि तामाङ, प्रकाश घिमिरे, रमेश बुढाथोकी, शिशिर वाङ्देल, दीपक आचार्य ‘काकु’, निमा पाण्डे, कविता आले, शिवु पाण्डे लगायत कलाकारहरूको पनि अभिनय छ ।

राजकुमार पण्डित प्रस्तुतकर्ता रहेको फिल्मको निर्माता समिर पण्डित, सौगात पण्डित र पदमलाल तामाङ हुन् । फिल्मको कार्यकारी निर्मातामा विजय बस्याल छन् । सबिन अधिकारीको कथा, शंकर धितालको लेखन रहेको फिल्मलाई श्याम तामाङले छायांकन गरेका हुन् ।

ज्वाइँ साब र देववानीको प्रदर्शन रोक्न माग गर्दै निर्माता संघमा उजुरी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved