हमासका तीन वरिष्ठ नेता मारिएको इजरायली सेनाको दाबी

नेपालभ्युज

हमासका तीन वरिष्ठ नेता मारिएको इजरायली सेनाको दाबी

काठमाडौं । इजरायल रक्षा बल (आईडीएफ)ले तीन महिना अगाडि ३ जना वरिष्ठ हमास नेतालाई मारेको दाबी गरेको छ ।

मारिनेमा रवी मुश्ताहा हमास सरकारको प्रमुख तथा हमासका सुरक्षा प्रमुख समेह अल–सिराज र सामी ओदेह रहेको आईडीएफले जनाएको छ ।

आफ्नो आतंक र मनोबलमा असर पर्ने भएकोले हमासले उनीहरुको मृत्युको घोषणा नगरेको इराजलले दाबी छ । गाजाको उत्तरी क्षेत्रमा भूमिगत रहेका र हवाई आक्रमणका क्रममा मारिएका आईडीएफले बताएको छ ।

यस्तै, लेबनान स्वास्थ्य मन्त्रालयले केन्द्रीय बेरुतमा भएको आक्रमणमा ९ जना मारिएको र १४ घाइते भएको जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved