लेबनानमा ८ इजरायली सैनिक मारिए

नेपालभ्युज

लेबनानमा ८ इजरायली सैनिक मारिए

तेल अभिभ । लेबनानमा ८ इजरायली सैनिक मारिएका छन् । लेबनानमा जारी द्वन्द्वमा हालसम्म कूल आठ इजरायली सैनिकको मृत्यु भएको इजरायली सेनालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

यसअघि इजरायलले लेबनानमा आफ्ना एक सैनिकको मृत्यु भएको बताएको थियो, जसको पहिचान क्याप्टेन ईथन यित्जाकको रूपमा खुलासा गरिएको थियो। ईथन २२ वर्षका थिए । उनी लेबनानमा स्थल कारबाहीमा मारिने पहिलो इजरायली सैनिक थिए ।

इजरायली रक्षा बलका अनुसार २२ वर्षीय क्याप्टेन इगोज युनिटको टोली कमान्डर थिए, जुन एक एलिट कमाण्डो समूह हो । मृत्यु हुने थप सात सैनिकमध्ये तीन इगोस इकाईकै थिए।

यता, लेबनानको राजधानी बेरुतमा इजरायली आक्रमणमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ । लेबनानी अधिकारीहरूका अनुसार यो आक्रमण एक चिकित्सा सेवा केन्द्रमा भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved