नेपाल-कतार संयुक्त व्यापार परिषद् गठन बारे छलफल

नेपालभ्युज

नेपाल-कतार संयुक्त व्यापार परिषद् गठन बारे छलफल

काठमाडौं । नेपाल-कतार संयुक्त व्यापार परिषद् गठन गर्ने बारे दुई देशका निजी क्षेत्रको नेतृत्वबीच छलफल भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कतार चेम्बरका अध्यक्ष शेख खालिफ विन जसिम अल थानीबीच उक्त परिषद् गठन गर्ने लगायतका विषयमा छलफल भएको हो ।

कतार भ्रमणमा रहेका महासंघका अध्यक्ष ढकालले यस बारे एक ट्वीट सन्देश मार्फत् बुधबार साँझ जानकारी दिएका छन् । उनले कतार चेम्बरका अध्यक्ष अल थानीलाई न्यानो आतिथ्यको लागि धन्यवाद दिंदै लेखेका छन्, ‘हामीले नेपाल कतार संयुक्त व्यापार परिषद् गठन गर्ने र हाम्रा दुई ठूला राष्ट्रहरूबीच व्यापार र लगानी प्रवर्द्धन गर्ने विषयमा फलदायी र ठोस छलफल गरेका छौं ।’

यसअघि वैशाखमा कतारका अमिर शेख तममिन बिन हमाद अल थानीको नेपाल भ्रमणको क्रममा निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघ र कतार चेम्बर अफ कमर्शका बीचमा पनि लगानी आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

सो समझदारीपत्रमा नेपालका तर्फबाट महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कतार चेम्बरका तर्फबाट शेख खालिफ विन जसिम अल थानीले हस्ताक्षर गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved