‘सुगर ड्याडी’लाई थुनामा पठाउन अदालतको आदेश

नेपालभ्युज

‘सुगर ड्याडी’लाई थुनामा पठाउन अदालतको आदेश

काठमाडौं ।  सामाजिक सञ्जालमा ‘सुगर ड्याडी’ बाट परिचित बुढानीलकण्ठका  आशिष देउलालाई जिल्ला अदालत काठमाडौंले  पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

बुधबार न्यायाधीश महेन्द्रबहादुर कार्कीको एकल इजलासले अपहरण तथा शरीर बन्धक र ज्यान मार्ने उद्योगको मुद्दामा देउलासहित ४ जनालाई  पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

उदयपुर  त्रियुगा नगरपालिका–१२ का २२ वर्षीय ओजस्वी तामाङ, टोखा नगरपालिका–३ का २७ वर्षीय राजेन्द्र घले र भरतपुर महानगरपालिका–२९ का २२ वर्षीय साजन गुरुङलाई थुनामा पठाउन आदेश दिएको हो ।

देउलासँगै प्रहरीले १८ भदौमा चारजनालाई पक्राउ गरेको थियो । तिमध्ये देउला र अर्का एकजनालाई मात्रै अपहरण तथा शरीर बन्धक र ज्यान मार्ने उद्योगको कसुरमा म्याद थप गर्दै प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

उनीहरुलाई मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २११ को उपदफा १ र २ को बमोजिम अपहरण गरी शरीर बन्धक गरेको कसुर र दफा १८३ को ज्यान मार्ने उद्योगको कसुरमा कारबाही हुने माग गरिएको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved