चालु आवमा नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

नेपालभ्युज

चालु आवमा नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौं । विश्व बैंकले चालु आर्थिक वर्ष (सन् २०२५) मा नेपालको आर्थिक वृद्धिदर ५ दशमलव १ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । नेपालको अर्थतन्त्र सुधार भइरहेको भन्दै यस वर्ष आर्थिक वृद्धिदरमा सुधार आउने विश्व बैंकले जनाएको हो ।

अघिल्लो आर्थिक वर्ष (सन् २०२४) मा विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर ३ दशमलव ९ प्रतिशत हुने प्रक्षेपण गरेको थियो । विश्व बैंकको सार्वजनिक गरेको ‘नेपाल डेभलपमेन्ट अपडेट’ प्रतिवेदनमा आर्थिक वृद्धिदरको मुख्य आधारका रूपमा उच्च पर्यटक आगमन, जलविद्युत् र धान उत्पादनलाई उल्लेख गरेको छ ।

नेपालको अर्थतन्त्र आगामी आर्थिक वर्ष २०२६ मा भने ५ दशमलव ५ प्रतिशतले वृद्धि हुने अनुमान छ । विश्व बैंकका अनुसार केन्द्रीय बैंकको लचक मौद्रिक नीति र नियामकीय प्रावधानमा गरिएको सहरीकरणका कारण नेपालको वृद्धिमा निजी क्षेत्रको महत्त्वपूर्ण योगदान रहने समेत जनाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved