बढ्यो सुनचाँदीको भाउ

नेपालभ्युज

बढ्यो सुनचाँदीको भाउ

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको भाउ आज प्रतितोलामा आठ सय रूपैयाँ बढेको हो । आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ । आज चाँदीको मूल्य प्रतितोलामा १० रूपैयाँले बढेर एक हजार नौ सय ३५ रूपैयाँ पुगेको महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved