काठमाडौं । क्यानडाविरुद्धको टी-२० क्रिकेटमा नेपालले १४० रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले पुरै ओभर खेलेर ६ विकेट क्षतिमा १३९ रनको सामान्य स्कोर बनाएको हो ।
नेपालका लागि अनिल साहले सर्वाधिक ४१ रन बनाए । यस्तै आसिफ शेखले ३० र गुल्सन झाले १६ बलमा २३ रनको योगदान गरे ।
नेपालले उत्कृष्ट सुरुवात गरे पनि सो अनुसार ठूलो स्कोर बनाउन सकेन । नेपालका ओपनर साह र शेखले ७० रनको साझेदारी गरेका थिए ।
मध्यक्रम धरासायी भएपछि नेपाल सामान्य स्कोरमा रोकिएको हो । नेपाल क्यानडासँगको पहिलो खेलमा पराजित भएको थियो ।
Facebook Comment
Comment