झ्याप्लेखोलाको पहिरो पन्छाउन पृथ्वी राजमार्ग पूर्णरुपमा बन्द

नेपालभ्युज

झ्याप्लेखोलाको पहिरो पन्छाउन पृथ्वी राजमार्ग पूर्णरुपमा बन्द

काठमाडौं । पृथ्वी राजमार्ग दुई घण्टाका लागि पूर्णरुपमा बन्द गरिएको छ ।

बाढी पहिरोपछि एकतर्फी रुपमा सञ्चालन भएको सडक मंगलबार दिउँसो २ बजेससम्मका लागि पूर्ण रुपमा बन्द गरिएको प्रहरीले जनाएको छ ।

झ्याप्लेखोलाको पहिरो पन्छाएर सडकलाई पूर्णरुपमा सञ्चालन ल्याउनका लागि २ घण्टाका लागि बन्द गरिएको हो ।

झ्याप्ले खोलाको पहिरोले बन्द भएको सडक सोमबारदेखि आंशिकरुपमा सञ्चालनमा आएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved