लमजुङ जान लागेको हायस गाडी शिवपुरीमा दुर्घटना

नेपालभ्युज

लमजुङ जान लागेको हायस गाडी शिवपुरीमा दुर्घटना

काठमाडौं । काठमाडौंबाट लमजुङ जान लागेको यात्रुबाहक हायस गाडी काठमाडौंको शिवपुरीका दुर्घटना भएको छ ।

नागढुंगा मुनि झ्याप्लेखोलामा पहिरो गएपछि सडक अवरुद्ध भएकाले त्यो बाटोको विकल्पको रुपमा टोखा नुवाकोटको गँगटे हुँदै गल्छी जान लागेको हायस शिवपुरीमुनी चापाबोट भन्ने ठाउँमा दुर्घटना भएको हो ।

ग १ ख ४५३५ नम्बरको हायस दुर्घटना भएको हो । हायसमा चालक सहित १८ जना सवार थिए ।

दुर्घटनामा घाइते ११ जनालाई उपचारको लागि काठमाडौं लगिदै रहेको नुवाकोट प्रहरीले जनाएको छ । घटनास्थलमा उद्धार जारी छ । थप विवरण आउन बाँकी छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved